टप खबर

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटने भनेका छन

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । दशौं राष्ट्रिय मशुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई २ दिन भित्र हस्ताक्षर फिर्ता लिन भनेको छ। केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

ओलीले आफ्नो पार्टीलाई कमजोर बनाएर विपक्षी दललाई बलियो बनाउने कुरा स्वीकार्य नहुने बताए । ‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनले भने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन । ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?