टप खबर

मनसून सक्रिय भए पछि बाढी र पहिरोले कति क्षति भयो , विवरण हेर्नुहोस

Lumbinikhabar Online

मनसुन सुरु भएयता बाढी पहिरोलगायतका विपत्तिमा परेर हालसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले जनाएको छ ।

जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ । सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ । सार्वजनिक प्रतिवेदनअनुसार यी दुई जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेका छन् ।

बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ । केन्द्रका अनुसार यस अवधिमा विपतमा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै ११२ घर आंशिक क्षतिग्रस्त भएका छन् । मनसुनी विपतका कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ

Tags

छुटाउनु भयो कि ?