टप खबर

पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?