कोभिड-१९

भारतमा ४६ हजार कोरोन संक्रमितको पुस्टि, मृत्यु दर घट्दै

Lumbinikhabar Online

भारतमा थप ४६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ६४३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २१औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ । भारतमा ५ लाख ७९ हजार ९४२ जना संक्रिय संक्रमित छन् ।

त्यहाँ एकै दिन ९८१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ

Tags

छुटाउनु भयो कि ?