राजनीति

पूर्वमन्त्री कार्कीलाई नियुक्त नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ

Lumbinikhabar Online

सर्वोच्च अदालतले बहराइनको लागि राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । राजदूत नियुक्तिका लागि कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो  अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभई नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो । कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अस्वीकार गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा पूर्वसामान्य प्रशासन मन्त्री भएका थिए ।

Tags

छुटाउनु भयो कि ?