खेलकुद

इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

Lumbinikhabar Online

इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । इटालीलाई जित दिलाउन दुई परिवर्तित खेलाडी फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जितसँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

Tags

छुटाउनु भयो कि ?