टप खबर

पछिल्लो २४ घण्टामा २ हजार १ ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा २ हजार १ ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार ७०४ जनाको पीसीआर परीक्षण र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार ५१० नमुना परीक्षण गरिएको छ । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

 

Tags

छुटाउनु भयो कि ?