टप खबर

साल्ट ट्रेडिङ कर्पोरेशनबाट शान्ति शिक्षा मन्दिरका बालबालिकालाई खाद्यान्न सहयोग

Lumbinikhabar Online

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।

कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

Tags

छुटाउनु भयो कि ?