बिबिध

जबरजस्ती करणीको आरोपमा भारतीय नागरिक पक्राउ

Lumbinikhabar Online

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मा छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार शर्मामाथि १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको आरोप छ ।

अभियुक्तले किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा बनाएको भिडियो सहितका फोटोहरु किशोरीकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी हमालले जनाए ।

Tags

छुटाउनु भयो कि ?