टप खबर

कर अधिकृतविरुद्ध मुद्दा दायर

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएका अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालविरुद्ध बिगोबमोजिम कारवाहीको माग गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?