म:म: भन्नासाथ मुखमा पानी नरसाउने मानिस कमै होलान । रेस्टुरेन्ट,क्याफे तथा होटलमा हामी जति नै पटक मेनु पल्टाए पनि अन्य थुप्रै खानाका परिकार छोडेर अन्तमा अर्डर गर्छौ त म:म: नै । नेपालमा प्राय ट्रेन्डनै बसेको विषय हो यो । पछिल्लो पटक नेपाली ममको माग देशमात्र नभएर विदेशमा समेत बढ्दै गएको छ । माग बढेसंगै म:म: उत्पादनका लागी नयां नयां प्रविधि मार्फत म:म:को उत्पादन हुन थालेको छ । प्रविधि मार्फत उत्पादन हुने म:म:को प्रतिस्पर्धी बजारमा म:म: पारखीहरुका लागी एक बिल्कुलै फरक स्वादमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप उत्कृष्ट उत्पादनको साथमा स्वादिष्ट तथा गुणस्तरीय आमा अर्गानिक फ्रोजन म:म: बजारमा आएको छ ।
आमा अर्गानिक फुड्सले बजारमा ल्याएको आमा अर्गानिक म:म:को मुख्य विशेषता भनेको शुन्य फ्याट र अजिनो मोटो रहित लिन मिट किमाले बनेको फ्रोजन म:म: भएकोले जुनसुकै उमेरकाले खाजा तथा खानाको रुपमा खान सकिने कम्पनीका प्रमुख राजेन्द्र खड्काले जानकारी दिए ।
सामाखुशीमा रहेको आमा अर्गानिक फुड्सको उद्योगमा सर सफाईलाई विशेष ध्यान दिएर दैनिक १२ जना कामदारहरुबाट कडाईका साथ स्वास्थ्य मापदण्ड पालना गरि हजारौ पाकेट फ्रोजन म:म: उत्पादन हुदै आएको छ । ‘बजारमा आएको छोटो समयमा नै माग बढेकोले थप उत्पादन बढाउदै लैजाने योजना रहेको’ खड्काले बताए । शहरका विभिन्न स्थानमा म:म:का लागि आउटलेट स्थापना गर्दै बजार विस्तार गर्ने योजना अनुसार पहिलो आउटलेट धापासी स्थित ग्राण्डी अस्पताल नजिकै भव्य आउटलेट तथा क्याफे जमघटको निर्माण अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए ।
भेज,चिकेन तथा बफ गरि ३ प्रकारमा उत्पादित आमा अर्गानिक म:म: हाल ३० पिस र ५० पिसको आकर्षक सुरक्षित पौंचमा उपलव्ध रहेको छ । कोरोना कहरका कारण नेपालमा जारी निषेधाज्ञाले घरमै बसेका म:म:का पारखीहरुलाई ध्यानमा राखि कम्पनीले ८० पिस मम अर्डर गर्दा १० पिस थप सित्तैमा विशेष अफर ल्याएको छ ।
“मदरली डेलिसियस” नारा रहेको कम्पनीले आफ्नो नारालाई सार्थकता दिदै समाजसेवामा समेत योगदान दिएको छ । जन्म दिने हरेक आमामा समर्पित कम्पनीमा अधिकांश कामदार तथा कर्मचारी समेत आमा अर्थात ४५ कटेका महिलाहरु नै रहेका छन । आमाको हातले बनाएको खानाको स्वाद नै फरक हुन्छ भने झै आमा अर्गानिकमा ति आमाहरु जसले आफ्ना सन्तानका लागि पकेट खर्च तथा परिवार पालनका लागि श्रम गर्दै बनाएका म:म:को बिक्रीबाट केहि प्रतिशत रकम त्यस्ता आमाहरुलाई वितरण गरिनेछ जो सहारा विहिन भएका छन । महिला सशक्तिकरणमा विशेष जोड दिदै आएको कम्पनीले कोरोना रोकथामका लागि काठमाडौ उपत्यकामा सरकारले लागू गरेको निषेधाज्ञाका कारण उपत्यकाका बालाजु तथा टेकु क्षेत्रमा दैनिक श्रम गरेर खाने महिला श्रमिकहरुका लागि कम्पनीले दैनिक ५०० प्लेट भन्दा बढि खाजाको रुपमा म:म:बितरण गर्दै आएको छ ।
‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशनका सदस्य तथा नायक संजित भण्डारी र समाजसेवी बिमला श्रेष्ठको सहकार्यमा आमा श्रमिक लगायत दैनिक गुजारा गरेर खानेहरुका लागि म:म:वितरण गरिदै आएको छ ।