जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी पूर्णरूपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएर तत्कालको तरा टरेको छ तर जोखिम पूर्णरूपमा टरेको छैन । थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६