बिबिध

असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने, कति पर्ने छ टिकट मूल्य ??

Lumbinikhabar Online

असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो ।

निगमका अनुसार कोरोना भाइरस महामारी नियन्त्रण्का लागि सरकारले गरेको निषेधाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो ।

दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् ।

नेपाल वायुसेवा निगमका अनुसार दुबईको उद्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ । उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ ।

निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ ।

यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् ।

Tags

छुटाउनु भयो कि ?