टप खबर

सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको बाढिले भत्कायो

Lumbinikhabar Online

अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।

शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए । हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् ।

Tags

छुटाउनु भयो कि ?