जल तथा मौसम विज्ञान विभागले मंगलबार राति दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको जिल्लाको बलेफी खोलामा बाढीले खतराको तह नाघेको छ।
साँझ अकस्मात जलसतह खतराको तहमा पुगेको विभागले जनाएको हो । बाह्रविसेको भोटेकोसी नदी क्षेत्रमा पनि पानीले खतराको तह नाघेको छ ।
दुवै क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।

