खेलकुद

क्रिस्टियन एरिक्सन होसमा छन : डेनिस फुटबल संघ

Lumbinikhabar Online

युरो-२०२० मा फिनल्यान्डसँगको खेलमा मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनमा होसमा आएको डेनिस फुटबल संघले जनाएको छ ।

शनिबार फिनल्यान्डसँगको खेल चलिरहेका बेला ढलेपछि उनलाई मैदानमै ‘सीपीआर’ प्रदान गरिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको हो ।

त्यस्तै युरोपेली फुटबल महासंघले पनि एरिक्सन होसमा आएको र उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

त्यस्तै समाचार संस्था रोयटर्सले मैदानबाट स्ट्रेचरमा बाहिर लैजाँदै गर्दा एरिक्सनले हात उठाएको उल्लेख गरेको छ । रोयटर्सले समाचारमा भनेको छ, ‘मैदानबाट बाहिर लैजाँदै गर्दा रोयटर्सका फोटोग्राफरले एरिक्सनले हात उठाएको देखेका थिए । पछि रंगशालामा उद्घोषकले उनलाई नजिकैको अस्पताल लगिएको बताएका थिए ।’

त्यस्तै बीएनओ न्युजले एरिक्सनका प्रतिनिधिलाई उद्द्धृत गर्दै अहिले उनी होसमा रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ । एरिक्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यूईएफएले डेनमार्क र फिनल्यान्डबीचको आजको खेल स्थगित गरेको थियो । एरिक्सनको स्वास्थ्य अवस्थामा सुधार आएसँगै खेल पुन: सुरु हुने पनि डेनिस फुटबल संघले जनाएको छ । खेल स्थानीय समयअनुसार साँझको ८ : ३० बजे(नेपाली समय १२ : १५ बजे) सुरु हुनेछ ।

Tags

छुटाउनु भयो कि ?