टप खबर

गण्डकी प्रदेशसभाका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा दाबी

Lumbinikhabar Online

गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुझाएका थिए ।

गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेलसमक्ष बुझाइएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा ३० मत परेको थियो । नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना गरी ३० सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । तर बहुमत पुग्न ३१ मत आवश्यक थियो ।

Tags

छुटाउनु भयो कि ?