खेलकुद

दोस्रो चरण अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित

Lumbinikhabar Online

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।

फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मेहनतको अलमुताइरीले प्रशंसा गरे । ‘पहिलो हाफको सुरुमै गोल खायौँ र दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ । तर खेलाडीले मेहनत गरेर खेले ।

Tags

छुटाउनु भयो कि ?