टप खबर

थप ३ हजार ७५० जनामा संक्रमण, ५ हजार २२५ जना निको

Lumbinikhabar Online

गत २४ घण्टामा नेपालमा ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २२५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५९८ पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५८४ परीक्षण गर्दा १ हजार ४१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ६७ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ७५ हजार २७५ जना आइसोलेसनमा रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?