गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले विहीबार प्रदेशसभाको आठौं अधिवेशनको सातौं बैठकमा विश्वासको मत मागेका थिए ।
उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले विहीबार प्रदेशसभाको आठौं अधिवेशनको सातौं बैठकमा विश्वासको मत मागेका थिए । उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका हुन् ।
अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ । उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ उपधारा ५ मा उल्लेख छ ।
अब प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।