नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी बचाउन जरूरी भएको बताएका छन्। उनले यसका लागि नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको उल्लेख गर्दै आज धारणा सार्वजनिक गरेका छन्।
उनले एमाले एकताका मुल जड नेताहरूबीच विश्वासको संकट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रीत हुनु रहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको भट्टराई बताउँछन्।