बिबिध

हुन्डीको तीन लाख सहित एक युवक पक्राउ

Lumbinikhabar Online

पर्सा प्रहरीले रक्सौलबाट हुन्डीको ३ लाख नेपाली रुपैयाँ लिएर वीरगंज प्रवेश गरिरहेका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-६ बस्ने वर्ष ३९ का अमित कुमार गुप्ता रहेका छन्।

उनलाई शुक्रवार बिहान ११ बजे ना २८ प ५७५८ नम्बरको मोटरसाइकलमा सवार भई भारतीय सीमावर्ती बजार रक्सौलबाट वीरगंज प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। वीरगंज-१६ शंकराचार्य गेट नजिकै चेकिङको क्रममा उनको साथबाट प्रहरीले रकम नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार पूर्व सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर अबैध बैंक तथा वित्तीय कसुर (हुन्डी) सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ।

Tags

छुटाउनु भयो कि ?