टप खबर

दलहरु नमिल्नाले समस्याहरु उत्पन्न भैरहेका छन

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन ।

नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन ।

आज आम नागरिक कोरोना भाईरस र त्यसवाट उत्पन्न समस्या बाट गुर्जिन बाध्य भएका छन । देशको राजनीति नै सहि बाटोमा जान नसके पछि समस्या त्यत्तिकै बढेर जानु स्वभाविक हो । आज राजनीति सहि बाटोमा गएको हुन्थ्यो भने सबै कुरा राम्रो हुदै जान्थ्यो ।

त्यस्तो राम्रो संकेत केही देखिएन । बिपक्षी दल नेपाली काँगे्रस देखी माधव झलनाथ समूह, नेकपा माओवादी केन्द्र ,जसपाको उपेन्द्र समूह लगायत दलहरु आ आफनो राजनीति रणनीति बनाउन ब्यस्त छन । पछिल्लो राजनीति गतिबिधिले मुलुक मुढभेडमा जाने हो की भन्ने चिन्ता पनि बढेर गएको अवस्था छ । मुलुकलाई सहि ठाउँमा ल्याउन दलहरु मिलेर जानु पर्नेमा धुव्रीकरण बनेका छन । जनता यो पछिल्लो राजनीति गतिविधि देखेर वाक्क दिक्क छन । देशलाई बिकासको बाटोमा लान छोडेर दलहरु एक आपसमा झै झगडा गरिरहेका छन । यो राम्रो संकेत होइन । जनताले लडेर ल्याएका यी प्राप्त उपलव्धिहरु गुम्ने हो की भन्ने चिन्ता बढेर गएको छ ।

आज दलहरु नमिल्नाले यी समस्याहरु उत्पन्न भैरहेका छन । एमाले भित्रको बिवादले झन संकट निम्त्याएको छ । एमाले पार्टी मिल्ला मिल्ला जस्तो देखिन्छ फेरि भाँडिन्छ । यो कस्को स्वार्थमा यस्तो भइरहेको छ कुनै पत्तो छैन । यति बेला जनता चरम निराशामा छन । जनताको दुखेको मनमा मलम पट्टि लगाईदिने कोही छैनन् । जनता खाई नखाई कर तिर्छन तर आफूले राज्यवाट कुनै सेवा सुबिधा सहजरुपमा पाउन सकिरहेका छैनन् ।

यस्तो भए पछि जनता निराश हुनु स्वभाविक नै हो । जनता निराश हुनु भनेको राम्रो कुरा होइन, यसले ब्यवस्था माथि नै संकट ल्याउँछ । संकटबाट पार पाउँनका लागी दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने जरुरी देखिएको छ । दलहरु इमान्दार नबन्दा यो समस्या उत्पन्न भएको हो । आज जसरी दलहरु आ आफनो स्वार्थ पूर्ति हुने खालका डम्फू बजाउँदै हिडिरहेका छन त्यसले राम्रो संकेत दिइरहेको छैन ।

प्रधानमन्त्री ओलीले आफनै पार्टी मिलाउन नसकेर जसरी सत्ता लम्व्याउनका लागी जसपा ठाकुर समूहलाई सरकारमा सहभागी गराउनु भएको छ त्यसले मुलुकलाई सहजरुपमा अगाडी बढाउला जस्तो संकेत देखिदैन । मुलुक फेरि मुढभेड तर्फ जाने खतरा देखिएको छ । विपक्षी दलहरु फेरि संसद पुनःस्थापना हुने कुरामा ढुक्क छन । फेरि संसद पुनःस्थापना भैहाल्यो भने मुलुकको राजनीति सहि बाटोमा आउने बिश्वास बिपक्षी दलहरुले लिएका छन ।

Tags

छुटाउनु भयो कि ?