बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुँने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ । ४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो ।मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ । विवादित जग्गामध्ये सबैभन्दा धेरै शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा हुनुपर्ने कार्यालयको दाबी छ ।



