News in Nepali

राजेनेद्र महतो पचौ पटक मन्त्री बनेका छन, यस पटक उप प्रधानमन्त्री पनि

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।

पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला पटकमन्त्री भएका हुन् ।  राज्यमन्त्रीद्धय चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक सरकारमा गएका हुन्  तर शरत सिंह भण्डारी र राजेन्द्र महतोका लागि मन्त्रीको जिम्मेवार नौलो होइन । लामो प्रतिक्षापछि मन्त्री भएका मात्र हुन् ।११ भदौ २०६८ मा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि तत्कालिन मधेसी मोर्चाबाट राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री बनेका थिए । दुबैको दल भने अलग अलग थियो ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै महतोले पाँचौ पटक सत्तामा आएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेतृत्वको सरकारमा त्यही मन्त्रालल सम्हालेकाउनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । यो पटक उपप्रधानमन्त्रीमा बढुवा भए ।

Tags

छुटाउनु भयो कि ?