प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।
पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला पटकमन्त्री भएका हुन् । राज्यमन्त्रीद्धय चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक सरकारमा गएका हुन् तर शरत सिंह भण्डारी र राजेन्द्र महतोका लागि मन्त्रीको जिम्मेवार नौलो होइन । लामो प्रतिक्षापछि मन्त्री भएका मात्र हुन् ।११ भदौ २०६८ मा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि तत्कालिन मधेसी मोर्चाबाट राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री बनेका थिए । दुबैको दल भने अलग अलग थियो ।
केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै महतोले पाँचौ पटक सत्तामा आएका छन् ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेतृत्वको सरकारमा त्यही मन्त्रालल सम्हालेकाउनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । यो पटक उपप्रधानमन्त्रीमा बढुवा भए ।