टप खबर

नाङ्गो खुट्टा युथ सुर्खेतद्वारा १०८ घर परिवारलाई राहात वितरण

Lumbinikhabar Online

विगत लामो समय देखि नाङ्गो खुट्टा युथले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

विशेष गरि अहिलेको कोभिड -१९ को दोस्रो चरणको महामारिको विसम परिस्थितिमा कोहि कसैले भोक्कै बस्न नपरोस भनेर राहात वितरण गरेको बताउछन ।

नाङ्गो खुट्टा युथले सुर्खेत पश्चिम बाह्रक्षेत्र गाउपालिकाको गिरिघाट खोला आसपास बसोबास गर्ने १०८ घर परिवारलाई राहात वितरण गरेको हो ।

नाङ्गो खुट्टा युथ सुरखेतका सदस्यहरु केशब थापा,छिरिङ लामा, मनिशा रावल, रोस्नि क्षेत्रि, पशुपति बिसि, अंगत साहि, सन्जिब हमाल , रन्जीता खान, मुकेस थापा,देबेन अधिकारि, सुमि साहि गरि ११ जनाको समूह मिलि राहात वितरण गरेको थियो ।

राहात वितरण कार्यक्रममा विशेष सहयोग गर्नु हुने सबैलाई नाङ्गो खुट्टा युथले धन्यवाद दिएका छन । विशेष गरि हरि बिष्ट, भद्र भण्डारि , टीका ओलि, हर्ष बिक्रम खड्का लाई धन्यवाद दिएका छन ।

नाङ्गो खुट्टा युथले आगामि दिनहरुमा पनि समाज सेवामा  निरन्तर लाग्ने  चर्चित कोरियोग्राफर तथा नाङ्गो खुट्टाका केशब थापाले  बताए ।

Tags

छुटाउनु भयो कि ?