टप खबर

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुग्यो

Lumbinikhabar Online

विश्वमा एकैदिन ५ लाख ३७ हजार ६६८ कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा ११ हजार ६४३ जनाले ज्यान गुमाएका छन् ।

 विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

Tags

छुटाउनु भयो कि ?