काठमाडौँ को पुरानो बानेश्वोर स्थित देश तिलक हाइ स्कूल का प्रिन्सिपल पिताम्बर महतो को निधन भएको छ। उनको कोरोन संक्रमण को कारण ले निधन भएको हो। उनि एक महिना अघि जनकपुर बाट फर्किए पछि उनको स्वास्थ्य मा समस्या आएको थियो र उनले त्यस पछि कोरोन परिछण गराएका थिए र रिपोट पोजेटिभ आएको थियो। उनको बिगत २२ दिन देखि काठमाडौँ को मेडीकेयर अस्पताल मा उपचार भैरहेको थियो। ३-४ दिन देखि उन लाइ गाह्रो भएर भेन्टिलेटर मा राखिएको थिय। उनको आइतबार जेष्ठ ०९ गते बेलुका असामायिक निधन भयो।
करिब ३० दशक भन्दा बढी सिक्ष क्षेत्रामा दिएका पिताम्बर महतो पुरानो बानेश्वोर स्थित देश तिलक हाइ स्कूल को प्रिनिस्पल हुनु का साथै संस्थापक पनि थिए। उनको जीवन को मूल लक्ष्य नै समाजमा राम्रो सिक्षा दिनु थियो। काठमाडौँ जस्तो ठाउमा एउटा बोर्डिङ्ग स्कूलमा निम्न शुल्क लिएर पढाउने गर्थे। उनले अभिभावक वा बिद्यार्थीको क्ष्यमता हेरेर शुल्क लिन्थे। जसले जति सक्छ त्यतिमा मिलाएर पढाउनुस र आफ्नो बाल बच्चालाइ पढाउनुस तर आर्थिक कारणले बिद्यार्थी लाइ पढाइ बाट बन्चित नगर्नुस भनेर भन्थे। उनले स्कूलमा बिद्यार्थीहरु लाइ दैनिक योग सिकाएर कसरि स्वास्थ्य रहन सकिन्छा भनेर प्रोत्साहन गर्थे। उनले समाज लाइ नासामुक्त र साकाहारी बनाउनु पर्छ भनेर अभियान मा लागेका थिए। समाजलाइ नासामुक्त बनाएर राम्रो समाज स्थापना गर्ने उनको अठोट थियो र अरु पनि धेरै येस्तै सामाजिक क्रियाकलाप मा अग्रसर गुरु, प्रसिक्षक, अभिभावाक आज हामी बीच रहेनन् भनेर त्यहि अध्यन गरेका एक बिद्यार्थी ले हामि लाइ जानकारी दिए |