सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुने र त्यसपछि संयुक्त बैठक बसी सर्वोच्च आज या भोलि जाने तय हुने बताए । ‘कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुन्छ । त्यसपछि संयुक्त बैठक बस्छ र सर्वोच्च जाने कुरा आज या भोलि भन्ने तय हुन्छ।’ नेता बस्नेतले भने ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६