कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६