-डा.डिआर उपाध्याय,
सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ ।
बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो ।
त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित ंसंसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन ।
अर्को कुरा कोरोना माहामारीले थिलै थिलो भएको अवस्थामा गर्न थालिएको चुनाव कस्तो होला ? भोट हाल्न को जाला ? यो माहामारीमा जनतालाई परेको पिर मर्का नबुझने दलहरु र तिनका नेतालाई कस्ले भोट दिने ? जनतालाई भ्रममा राखेर के फेरि जनता लुटने दाउ छ ? नेतागणहरु हो, आजको परिस्थिती हिजोको जस्तो छैन । अव चुनावमा नेताहरु जनतासंग भोट माग्न जादा जनताले ढुंगाले हान्न सक्छन ।
त्यो स्थिती नआउला भन्न सकिदैन । भारतको चुनावमा त्यस्तै घटना घटेका थिए । गाडीबाट थुतेर नेतालाई जनताले कुटने दिन आउन सक्छ । कारण के हो भने राजनीतिक दल र तिनका नेताहरु जनता प्रति इमान्दार भएनन् । राजनीतिलाई पेसा ब्यवसाय बनाए । जसले गर्दा आज नेपालको राजनीति दुर्गन्धित भइरहेको छ । सवै भन्दा पहिले यो सफा गर्न जरुरी छ ।
नेपाली जनता बहुत इमान्दार छन । यही इमान्दारीको फाइदा नेताहरुले लुटिरहेका छन । आज मलाई भन्न मन लाग्यो । कोरोना भाइरस संक्रमितको सहज रुपमा उपचार भएको छ की छैन ? निषेधाज्ञामा कोठामा थुनिएर बसेका श्रमजीवि बर्गको चुल्लो सम्म राहत पुगेको छ की छैन ? छैन यी र यस्ता कारणले जनताले भोली नेतालाई भाटा लगाउने छन । सरकारको महामारी नियन्त्रणको प्रयास त्यति प्रभावकारी छैन । यथार्थमा भन्नु पर्दा सरकार नागरिक बचाउने भन्दा पनि कुर्सी बचाउनेमा केन्द्रित छ ।
तसर्थ अब तपाई हामी नागरिक दलको पछि लागेर आफनो जीन्दगी बर्वाद गर्ने काम नगरौं । राजनीति नौटंकीको जालमा नफसौं । कार्यकर्ता पनि दलको गुलाम बन्न छाडेर राष्ट्रलाई दुर्घटना हुनबाट जोगाऊ। मुलुक र मुलुकवासीका लागि अव सोच्ने बेला आएको छ । नागरिक जीवन र मरणको दोसाँधमा छन्। यस बीच ओलीले पुनः संसद बिघटन गरेर मुलुकलाई संकटमा फसाएका छन ।
अस्पताल नपाएर संक्रमितहरू अस्पताल परिसर भरी, घर–घरमा, टोल–टोलमा छट्पटाउँदै जीवनरक्षाको गुहार गर्दैछन्। यो घडीमा दलहरु महामारीसँग जुध्न एकजुट हुन त कहाँ हो कहाँ सत्ता र शक्तिका लागि नै मरिमेटि गरे । प्रचण्ड, माधव कुमार नेपाल , झलनाथ खनाल , महन्थ ठाकुर , डा बाबुराम भट्टराई, उपेन्द्र यादव, कमल थापा, पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहोनी लगायत बिभिन्न दलका नेताहरुले टुइटर र फेसबुकमा स्टाटस् लेखेर मात्र होइन अव साँच्चै मुलुकप्रति गम्भिर बन्नु पर्ने बेला हो यो ।
सरकारको त भर भएन यहाँ। प्रतिपक्षी दलको जिम्मेवारी चाहिँ के त ? यसबेला राजनीतिलाई थाँती राखेर नागरिकका निम्ति सरकारलाई खबरदारी गर्ने की नगर्ने ? नागरिक आईसीयु नपाएर तड्िपँदैछन्। यी दलका ठेकेदार भनाउँदाहरू राज्यको ढुकुटीको दोहन गर्दै छन ।
ऐस–आरामपूर्ण जीवन बिताउँदै छन । नागरिकको बाँच्न पाउने अधिकार खोसिएको अवस्थामा छ। नागरिकले खाईनखाई बचाएको पैसा लगेर लकडाउनकै बीचमा पनि कर तिर्छन्। तर सरकारले त्यसको दोहन गरिरहेको छ ।