समाचार

थप ८ हजार ९८० जनामा कोरोना पुष्टि, ८ हजार ८४८ जना निको भए

Lumbinikhabar Online

शनिबार नेपालमा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३५७ पीसीआर र ७४८ एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार ५९१ र ३८९ जना गरी ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १२९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार १५३ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?