समाचार

थप ८ हजारमा कोरोना पुष्टि, ६ हजार ५ सय निको

Lumbinikhabar Online

बिहिबार नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २१ हजार ६९५ पीसीआर र ३९२ एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार २२७ र ७८ जना गरी ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । जसमध्ये ३ लाख ६६ हजार ९४६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ५ हजार ८४७ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?