समाचार

बालबालिकामा कोरोना भाइरस देखिएमा घरमै गर्न सकिने उपचार

Lumbinikhabar Online

अहिलेको कोरोनाको दोस्रो लहरमा युवा, वृद्धा मात्र नभएर बालबालिकामा पनि संक्रमित भइरहेका छन् । अझ भन्नु पर्दा बालबालिकाहरु झन् धेरै संक्रमित भएका छन् ।

चिकित्सकहरुका भन्छन्–‘ बालबालिकामा कोरोनाको लक्षण कम देखिएको छ कि देखिएको नै छैन, यस्तो स्थितिमा बालबालिकामा भाइरसको लक्षणको पहिचान गरेर समयमा उपचार गरियो भने यो रोगले गम्भीर रुप लिन सक्दैन ।’स्वास्थ्य विशेषज्ञका अनुसार धेरै बालबालिकालाई कोभिड–१९ बाट प्रभावित छन् ।

उनीहरुमा सामान्य रुपले हल्का ज्वरो, रुघाखोकि, सास फेर्न समस्या, थकान, घाँटि खसखसाउने, पखाला लाग्ने, खानामा स्वाद र गन्ध नहुनु, मांसपेशि दुख्नु र लगातार नाकबाट पानी बगिरहनु जस्ता लक्षण समावेश छन् ।यसबाहेक केही बालबालिकामा पेट र आन्द्रासंग सम्बन्धित समस्याहरुका साथै केही असामान्य लक्षण पनि देखिएको छ ।

सर्वेक्षण अनुसार बालबालिकामा मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम नामक एउटा नयाँ सिन्ड्रोम पनि देखिएको छ ।यो कुनै रोग नभएएर लक्षणमा आधारित एउटा सिन्ड्रोम हो ।

भनिन्छ, धेरै बालबालिका, जो कोभिड–१९ बाट संक्रमित भएका छन्, उनीहरुमा पनि सामान्य लक्षण हुन्छ ।तर, जो बालबालिका मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमबाट पिडित भइरहेका छन्, उनीहरुमा मुटु, फोक्सो, रक्त वाहिका, पाचन तन्त्र, मस्तिष्क, छाला अथवा आँखामा संक्रमण र सुजन देखिएको छ ।

बालबालिकामा मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमको सामान्य लक्षण जस्तै लगातार ज्वरो आउनु, पेट दुख्नु, छालामा दाग देखिनु, थकान, मुटुको धड्कन तिव्र हुनु, आँखा रातो हुनु, ओठमा सुजन, हात र खुट्टामा सूजन, टाउको, शरीरको कुनै भागमा गाँठो बन्नु जस्ता लक्षणहरु समावेश छन् ।

यद्यपि, यदि घरमा कोहि संक्रमित भएको छ भने बालबालिकामा संक्रमणको लक्षण नदेखिँदा पनि उनीहरुको परीक्षण गराउनु पर्छ । बालबालिकामा सामान्य लक्षण जस्तै घाँटि खसखसाउनु, खोकि, मांसपेशि दुख्नु अथवा पेट सम्बन्धि समस्या हुँदा उनीको परीक्षण गराउनु अवाश्यक छैन ।

त्यस्ता लक्षण देखिएका बालबालिकालाई घरमा नै आइसोलेशनमा राखेर उपचार गर्न सकिन्छ । यसबाहेक फोक्सोको समस्या, मुटु सम्बन्धि समस्या, क्रनिक अर्ग्यान डिस्फङ्क्शन र मोटोपना जस्ता समस्या पनि घरमा नै राख्न सकिन्छ । डाक्टरका अनुसार बालबालिकामा ज्वरो आएमा प्रत्येक ४ देखि ६ घण्टामा प्यारासिटामोल १० देखि १५ एमजी प्रयोग गर्न सकिन्छ ।

घाँटि खसखसाउने र कफ भएकमा बालबालिका र युवा दुवैले तातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ ।बालबालिकालाई ओरल रीहाइड्रेशन सल्यूशन र पोषक तत्वले भरिपूर्ण भोजन दिनु आवश्यक छ ।

Tags

छुटाउनु भयो कि ?