आर्टिकल्स

कोरोना संग कसैले खेलवाड नगरौं

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ ।

सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं ।

कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेलाएर नबसौं । यो फुर्सदका बेलामा बिभिन्न किसिमका आत्मवल बढाउने र उर्जा दिने खालका पुस्तक पढेर समय बिताउने काम गरौं ।

महामारी नियन्त्रण सरकारको वशमा छैन । आर्थिक रूपमा विश्वमै शक्तिशाली मानिएका देशहरूलाई समेत यो कोरोना भाईरसले अत्तायो । गत बर्ष कोरोना भाईरस एक देशबाट अर्को देशमा सल्किएर विश्वव्यापी बन्यो । पछिल्लो समयमा आएर इटालीमा पनि माहामारीले ठूलो रुप लियो । चीनले इटालीसम्म चिकित्सकसहित स्वास्थ्य सामग्री पठायो र ठूलो साथ दियो ।

महामारीमा त्यस देशका जनता एक भए । इटालीवासीले नियन्त्रणपछि केही समय आरामको श्वास फेरेका छन । सामूहिक अभियान र प्रतिवद्धता महत्वपूर्ण कुरा रहेछ । अहिले नेपाल स्वास्थ्य संकटमा गुज्रिएको छ । छिमेकी मुलुक भारत आफंै कोरोनाको दोस्रो लहरले थलिएको छ, चीन सहयोग दिन र महामारी नियन्त्रण ल्याउनमा व्यस्त छ ।

यहि बेलामा राजनीतिक दलहरु सरकार बनाउने खेलमा लागे । हाम्रो आफनै लापरवाहीले गर्दा महामारीको क्षति पहिलो लहरमा भन्दा दोस्रो लहरमा बढी बेहोर्नु परेको छ । योे कुरा हामी सवैलाई अवगत नै छ । अव यो विषयमा चिन्तन मनन गर्ने समय घर्किएको छ, अब स्वास्थ्य संकट व्यवस्थापन कसरी गर्ने भन्ने सवैलाई चिन्ता छ । महामारी नियन्त्रणमा नआए सम्म सबैले सामाजिक दुरी कायम राख्नु पर्छ ।

यो नियन्त्रणका लागी हामी सवैले हातेमालो र सामूहिक प्रतिवद्धता गर्नु पर्ने आबश्यकता छ । स्वास्थ्यकर्मी, सुरक्षा कर्मी, संचारकर्मी दिन, रात परिवार नभनी आफनो स्वास्थ्य समेत जोखिममा राखी संक्रमितको उपचार र सेवामा खटिरहेका छन । यो माहामारीका बेला संचारकर्मीहरु छिनछिनको समाचार संकलनमा खटिरहेका छन । स्थलगत रिपोटिङमा खटिएका संचारकर्मी पनि धेरै जोखिममा छन । अझै पनि संचारकर्मी संक्रमित छन ।

संक्रमित संचारकर्मीहरुले ज्यान समेत गुमाएका छन । स्वास्थ्यकर्मी, सुरक्षा कर्मीहरु पनि संक्रमित भएका छन । सरकारले उनीहरुका बारेमा बिशेष सोच्नु पर्छ । अहिले यो कोरोना संक्रमणवाट कोही अछुतो छैन । त्यसैले यो कोरोना संग कसैले खेलवाड नगरौं । शवलाई ब्यवस्थापन गर्ने काम सुरक्षाकर्मीले गरेका छन ।

अप्ठ्यारो बेलामा साथ र सहयोग गर्नु मानव धर्म पनि हो । आमनागरिकले लकडाउन र निषेधाज्ञालाई मुख्यरूपमा पालना गर्नुपर्ने देखिन्छ । सत्ताको नेतृत्व गरेको दलले मुख्य रुपमा नागरिकको सुरक्षाको जिम्मेवारी बहन गर्न सक्नु पर्छ ।

अहिले यो बाहेक अन्य कुरा सोच्ने बेला छैन । यो माहामारीका समयमा दलका प्रमुख नेताहरु मिलेर कोरोना नियन्त्रणमा ल्याउने कुरामा ध्यान दिनु पर्छ । त्यसैले अब सत्ता स्वार्थ र पार्टी स्वार्थको राजनीति छाडेर राजनीतिक दल र तिनका नेताहरु स्वास्थ्य संकट व्यवस्थापनमा सामूहिक प्रतिबद्धता सहित लाग्नु पर्छ ।

Tags

छुटाउनु भयो कि ?