-डा.डिआर उपाध्याय,
आज देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौं जसो आईरहेका छन । अक्सिजन दिइरहेको बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन । यो भन्दा दुखद कुरा अरु के हुन सक्छ ? सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन ।
भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरिकको अपेक्षा हो ।
तर नेताहरु पटक्कै यतातिर ध्यान दिएका छैनन् । आज रबि लामिछाने जस्ता संचारकर्मीले अक्सिजनको जोह गरिरहेका छन । समस्यामा परेका मान्छेहरुलाई सहयोग गरिरहेका छन । मैले हिजो एउटा भिडियो देखे । रवि लामीछाने र सरकारका एकजना मन्त्री बीचको सवाल जवाफ थियो त्यहाँ । बडो अचम्म लाग्यो । रबि भन्छन् –मन्त्री ज्यू एउटा अक्सिजनको सिलिन्डर ल्याएर देखाउनु होस्त । फेरी भन्छन् एउटा अक्सिजनको सिलिण्डर ल्याएर देखाउनुहोस् त । मन्त्री टवा मात्र पर्छन ल्याएर देखाउँछु भन्न समेत सकेनन् ।
यो मेरो देशको कस्तो बिडम्वना हो । आज अक्सिजनको अभावमा कति नागरिकले ज्यान गुमाईरहेका छन । सवै नागरिक जुटेर यो भयावह परिस्थितीको सामना गर्नु पर्ने अवस्था आएको छ । निषेधाज्ञाको मौका छोपेर कालोवजारी मौलाउँदै गएको छ । सरकारले त्यसको प्रभावकारी ढंगले अनुगमन गर्न सकिरहेको छ । कालोवजारीका कारण धेरै चिजहरु अभाव हुदै गएका छन । कालोवजारी नियन्त्रण गर्ने कुरामा अहिले सम्म कुनै सरोकारवाला निकाय लागेका छैनन् । कोरोनाको बहानामा आमनागरिकलाई सास्ती दिने काम बाहेक अरु केहि गर्न सकेका छैनन् । आमनागरिक त सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गरि घरमै बसिरहेका छन । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नभए पछि भोकै बस्नु पर्ने बाध्यता हुन्छ । त्यस्तो बाध्यतामा धेरै नागरिक परिसकेका छन ।
आज धेरैको चुल्लो निभेको अवस्था छ । श्रमजीवि बर्ग जो दैनिक मजदुरी गरेर जीविका चलाईरहेका थिए ति बर्गको अवस्था यति बेला नाजुक छ । यो आपत बिपतमा हेर्नु पर्ने त सरकारले हो नी त । तर सरकार कता कता हराए जस्तो छ । निषेधाज्ञाको मौका छोपेर पैसा कमाउनेको पनि कमी छैन यहाँ । बजारमा महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । यस्तो भए पछि कसरी बाँच्ने ? मान्छे बाँच्नका लागी गाँस बाँस , कपासको अति आबश्यकता हुन्छ । त्यसको जोहो गर्न रोजगारी चाहिन्छ । जव मान्छेको रोजगार गुम्छ तव उ भोको हुन्छ । किन की रोजगार गुमेपछि उ संग पैसा हुदैन । अहिले आम नागरिकको समस्या यस्तै बन्दै छ ।
सरकारी जागिर खाने , सरकारी तलव भत्ता बुझने बाहेक अरु नागरिकको समस्या दयनीय छ । शहर बजारमा भाडामा बस्ने नागरिकको समस्या त्यस्तै छ । घरधनीहरुले महिना कटदा भाडा छोडदैनन् । शहरमा कोठा भाडाको पनि त्यस्तै महंगी छ । अहिले देश पुरै भद्रगोल अवस्थामा छ । समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ । धन हुनेको मन छैन, मन हुनेको धन छैन । पैसा हुनेहरुले त्यस्ता समस्यामा परेका नागरिकहरुलाई सहयोग गरे हुन्थ्यो नि ।
नेपालमा सहयोगी हातहरु नउठेको होइन, उठिरहेका छन । तर त्यतिले मात्र प्रयाप्त छैन । अव सवैले मन फुकाएर आ आफनो ठाउँवाट समस्यामा परिरहेका नागरिकहरुलाई जे सकिन्छ सहयोग गर्ने भावना बसालौं । समस्यामा परेको बेलामा हो एकले अर्कालाई सहयोग गर्ने अरु बेला त आफै गरिखाईन्छ नी । अव सरकारको मुख ताकेर बस्ने बेला छैन आफनो सुरक्षा आफै गर्ने हो ।