कोभिड-१९

लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु

Lumbinikhabar Online

कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको छ। एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा ५ जना पुरूष र एकजना महिला छन्। डा. गौतमका अनुसार मृतक सबैमा उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएको थियो। बुधबार थप भएका मृतकसँगै रूपन्देहीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ सय ९९ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?