अक्सिजनको अभाब भयो भन्दै अस्पतालहरु ले बिरामी उपचार गर्न नसक्ने घोसणा गरे पछी माओबादि नेता जनार्धन शर्माले अक्सिजन को उत्पादन , वितरण र खपत को बारेमा जनतालाइ जानकारी गरियोस भनेर सामजिक संजाल मार्फत भनेका छन्। उन ले लेखेका छन् काठमाडौँ मा मात्र दिनको ८-१० हजार सिलिण्डर उत्पादन हुन्छ। राज्य संग भएको सम्पुर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु ।


