News in Nepali

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भनेर एमाले नेता घनश्याम भुसालले भनेका छन्

Lumbinikhabar Online

नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसमर्पण क्रान्तिकारी गद्दारी हुने बताएका छन्। उनले यो कुरा आज फेसवुकमा स्टाटस लेखेका छन्। ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो,’ भुसालको भनाइ छ, ‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’ हिजोका दिनमा असफल भएका शक्तिहरूले बदला लिन खोजेको पनि उनको भनाइ छ। ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ उनको भनाइ छ। साथै भुसालले थपेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

Tags

छुटाउनु भयो कि ?