अक्सिजन उत्पादन गर्ने कम्पनीमा मेसिन बिग्रिएकाले अक्सिजन नआएको भन्दै नेपाल मेडिकल कलेजले विरामीलाई आफ्नो व्यवस्था आफै गर्न निर्देशन दिएको छ।
उक्त मेडिकल कलेजले मंगलबार अपरान्ह ४ बजेसम्मका लागि मात्र अक्सिजन पुग्ने भएकाले त्यसपछि अक्सिजन आवश्यक पर्ने विरामीलाई डिस्चार्ज गर्ने जनाएको छ।
अस्पतालका अनुसार उसलाई अक्सिजन उपलब्ध गराउने सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले समस्या आएको हो।