कोभिड-१९

कोरोना संक्रमणविरुद्ध औषधि :अब पानीमा घोलेर खाने पाउडर

Lumbinikhabar Online

कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला भारतले यसका बिरामीका लागि खाने औषधि पनि बनाएको छ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले कोरोना संक्रमणविरुद्ध पाउडर औषधि विकास गरेको हो। जसलाई कोरोनाका बिरामीले पानीमा घोलेर खान सक्छन्।

त्यो औषधि आपतकालीन प्रयोगका लागि अनुमतिसमेत प्राप्त भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोनाविरुद्ध ‘२ डीजी’ नामको खाने संक्रमितमा परीक्षण गर्दा छिटो निको भएको दाबी अनुसन्धानकर्ताले गरेका छन्।यो औषधि तीन चरणमा परीक्षण गर्दा प्रभावकारी पाइएपछि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?