कोभिड-१९

भारतको दिल्लीमा लकडाउन एक साताको लागि थपिएको छ

Lumbinikhabar Online

भारतको दिल्लीमा लकडाउन एक साताको लागि थपिएको छ । कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढेपछि फेरि एक साता लकडाउन थप गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले निर्णय गरेका हुन् ।

कोरोना संक्रमित बढ्दै जाने क्रम नरोकिए पछि लकडाउन लम्बाइएको केजरीवालले बताएका छन् । उनले लकडाउन नै कोरोना नियन्त्रणको मुख्य उपाय भएको र लकडाउन गर्नु रहर नभई बाध्यता भएको बताएका छन् ।

अब लकडाउन १७ मे सम्म चल्ने भारतिय मिडियामा जनाइएको छ । यसअघि दिल्लीमा मे ३ र मे १० मा गरी दुई पटक लकडाउन बढाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढीमा कोरोना संक्रमण देखिएको छ भने ४१ सय बढीले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड १८ लाख ८६ हजार नाघेको पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?