बिबिध

सबै अन्तररास्ट्रिय उडान बन्द भए पनि काठमाडौँ-दिल्ली रुटमा ‘एयर बबल’अनुरुप सातामा २ उडान, के हो एयर बबल?

Lumbinikhabar Online

नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ले जनाएको छ । के हो ‘एयर बबल’ सम्झौता?

नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले नेपाल र भारतबीच गत वर्ष एयर बबल सम्झौता भएको थियो । एक अर्को देशमा रहेका नागरिकहरूको आफ्नो देशमा फर्कन सहज होस् भनेर यो सम्झौता गरिएको हो ।

‘एयर बबल’ सम्झौताअनुसार नेपाल र भारतबाट हुने उडानमा यी दुई देशका नागरिकलेमात्र यात्रा गर्न पाउँछन् । उडान दुवै देशका राष्ट्रिय ध्वजाबाहक विमानबाट मात्र हुने छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।

Tags

छुटाउनु भयो कि ?