कोभिड-१९

चीनले नेपालमा अक्सिजन सिलिन्डर र भ्याक्सिन उपलब्ध गराउने

Lumbinikhabar Online

नेपालमा बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर चीनले तत्काल केही थान अक्सिजन सिलिन्डर र भ्याक्सिन उपलब्ध गराउने भएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले पहिलो चरणमा दिने भनेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डरमध्ये ४ सय थान र १० वटा भेन्टिलेटर चार दिनभित्र दिने प्रतिबद्धता जनाएको हो ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसहितको टोलीले बिहीबार चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको सहयोग प्रस्ताव हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र भ्याक्सिन उत्पादक सिनोफार्मका अधिकारीहरूलाई भेटेर सहयोगका लागि अनुरोध गरेको थियो ।

गत वैशाख दोस्रो साता चीन र दक्षिण एसियाका पाँच मुलुकबीच भएको भिडियो वार्तापछि चीनले नेपाललाई महामारी प्रतिरोधका लागि घोषणा गरेको ५० लाख आरएमबी बराबरको सहायताअन्तर्गत अक्सिजन सिलिन्डर पठाउने भएको हो । चीनले बाँकी अक्सिजन सिलिन्डर भने दोस्रो र तेस्रो चरणमा क्रमशः उपलब्ध गराउने बताएको छ । त्यस्तै नेपालले किन्न चाहेको २० लाख डोजमध्ये १० लाख डोज कोरोना भ्याक्सिन पनि मे महिनाभित्र उपलब्ध गराउन सक्ने जनाएको छ । आउँदो मे १० तारिखसम्ममा तत्काल सहायता सामग्री व्यवस्था गरिदिन चिनियाँ पक्ष सहमत भएको छ

Tags

छुटाउनु भयो कि ?