टप खबर

बैठकमा मास्क नलगाइ बसेपछि थाइल्याण्डका प्रधानमन्त्रीलाई जरिवाना

Lumbinikhabar Online

 थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार एक बैठकमा प्रधानमन्त्रीले मासक नलगाइ बसेका थिए । थाइल्याण्डमा अहिले कोरोना संक्रमण दर बढेको छ । सोमबारदेखि नै थाइल्याण्डको राजधानी बैंककमा मास्क लगाउन जरुरी गराइएको छ ।

सोमबार मात्र थाइल्याण्डमा कोरोना संक्रमणका २ हजार ४६ केस आएका छन् र ८ जनाको मृत्यु भएको छ । एक दिनमा २ हजार भन्दा धेरै नयाँ केस भेटिएको यो चौथो दिन थियो । त्यससँगै अब थाइल्याण्डमा कडाइ गर्न थालिएको छ ।

बैंकक पोस्टका अनुसार जनरल प्रयुतले भ्याक्सिनका विषयमा बैठक बोलाएका थिए र यो बैठकमा उनी मास्कबिना बसेका थिए । यही कारण उनलाई जरिवाना तिराइएको हो । थायल्याण्डमा मास्क नलगाउनेहरुसँग २० हजार भाटसम्म जरिवाना असुलिएको छ ।

बैंककका गभर्नर अस्विन क्वांमुआंगले फेसबुकमा पोस्ट गर्दै मास्क नलगाएका कारण प्रधानमन्त्री विरुद्ध आफूले उजुरी दर्ता गराएको बताएका छन् । त्यसपछि पुलिसले प्रधानमन्त्रीलाई कारवाही गर्दै ६ हजार भाट जरिवाना असुलेको हो । थाइल्याण्डमा अहिलेसम्म ५७ हजारभन्दा धेरै संक्रमित भएका छन् र १४८ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?