टप खबर

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

Lumbinikhabar Online

१३ वैशाख, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन गर्न नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको  व्‍यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘

यसअघि आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । तर, त्रिविले सोमबार अबेर सूचना निकालेर १३ गतेको परीक्षा यथास्थितिमा राखेर १४ गतेदेखि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको सूचना जारी गरेको हो ।

Tags

छुटाउनु भयो कि ?