नेकपा एमालेले माधव नेपाललगायत सो समूहका नेताहरुलाई सांसदबाट हटाउने तयारी गरेको छ। आइतबार आकस्मिक रुपमा बसेको स्थायी स्थायी समिति बैठकले माधव समूहका नेताहरुले सांसदबाट हटाउने निर्णय गरेको हो।
र सोही कारबाहीबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकिस्मक बैठक बोलाएका थिए। बैठक बालुवाटारमा जारी छ।
यसअघि वैशाख ७ मा माधवकुमार नेपाललगयत २७ जना प्रतिनिधिसभा सदस्य र ५ जना प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोधेको थियो।