टप खबर

खोलाबाट ल्याएको माछा खाँदा झाडापखाला, एकै घरका दिदीबहिनीकै मृत्यु

Lumbinikhabar Online

दाङमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ।

राजपुर गाउँपालिका–६ का प्रेम बुढाका छोरीहरु ११ वर्षीया छोरी रीता र १३ वर्षीया विनिता बुढाको झाडापखालाको कारण मृत्यु भएको हो।

दिदी विनिताको आइतबार राति २ बजेतिर र बहिनी रीताको आज बिहान ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

झाडापखालाबाट सिकिस्त भएपछि उनीहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो। उनीहरुको शव परीक्षणका लागि अहिले अस्पतालमै राखिएको छ।

शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि उनीहरुलाई झाडापखाला सुरु भएको अभिभावकले जानकारी दिएका छन्। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?