आर्टिकल्स

देशको बारेमा हामीले नसोचे कस्ले सोच्ने ?

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

अव देशको बारेमा हामीले नसोचे कस्ले सोच्ने ? त्यसैले सवैले सोचौं र देश बनाऔं । जव नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन तव देश बिग्रियो भनेर जाने हुन्छ । अहिले भएको त्यही हो । अरु केही होइन । हामी सवै नेपाली जनता मिलेर अगाडी बढौं । देश बनाउन सवै एकजुट हुनु पर्छ । अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ । त्यसैले हामी जुटौं, फुटेर अघि बढन सकिदैन अघि बढने भनेको जुटेर हो । हामीमा एकता चाहिएको छ ।

नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो । हामीमा एकता नभए सम्म देशको बिकासले गति लिन सक्दैन । एकता नै बल हो । अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ नी । यो हाम्रो लागी गम्भिर चुनौतिको बिषय हो ।

यो बेरोजगारी समस्या सवै मिलेर हल गरौं । यसको समाधान खोजौं । अहिलेको प्रमुख आबश्यकता यो हो । अहिले देशमा बेरोजगारी समस्याले नै ठूलो रुप लिएको छ । हाम्रो सामु बेरोजगारी समस्या नै गम्भिर चुनौतिको रुपमा देखा परेको छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ , यसको छिटो हल गरिनु पर्छ भन्ने मेरो भनाई छ । बेरोजगारी समस्या समाधान गर्नु पर्ने प्रमुख दायित्व सरकारको हो । सरकार त्यो दिशामा अघि बढनु पर्छ । यसमा सवैको साथ र सहयोग रहन्छ । सरकारको एकल प्रयासले मात्र केही हुदैन ।

हामी यो भन्दै पनि आएका छौ । सरकारलाई गाली गरेर मात्र हुदैन । साथ र सहयोग पनि गर्नु पर्छ । आज हाम्रो देश भित्र लाखौँ लाखको संख्यामा शिक्षित मान्छेहरु बेरोजगार छन । यो समस्या गम्भिर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन छन । भए जतिका युवा जनशक्तिहरुलाई बिदेश पठाएर के देशको बिकास हुन्छ ? हुन सक्दैन । अव यो बिषयमा सोचौं । रेमिट्यान्स भित्राउँदैमा देश बन्दैन , गुजरा चल्ने मात्र हो । युवा जनशक्ति जसरी विदेश पलायन छन त्यो उनीहरुको रहर होइन ,त्यो त बाध्यता हो । धेरै युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँु छन् । बेरोजगार र गरिब जनताका समस्या बढेको बढै छन ।

राजनीतिक दल र तिनका नेताहरु अव इमान्दार देखिनु पर्ने बेला आएको छ । यसरी देश चल्दैन । नेताहरु सत्तामा पुगेपछि सबैकुरा बिर्सन्छन । देशमा गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत श्रमजीवि बर्गलाई धौधौ छ । सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ ।

अव यो कुरामा कुनै ढिलाई गर्नु हुदैन । मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन । यि कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नु पर्ने जरुरी देखिएको छ ।

जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो । अव सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनु पर्छ ।

Tags

छुटाउनु भयो कि ?